जात सोधेर कोठा नदिने घरबेटी विरुद्ध राजधानीमा युवाहरूको प्रदर्शन

10 Shares

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा घर बहाल (कोठा0 खोज्न जाँदा जातको आधारमा भेदभाव भोग्नुपरेको भन्दै युवाहरूको एक समूहले मंगलवार प्रदर्शन गरेका छन् ।

‘जातीय छुवाछुत विरुद्धको अभियान’ अन्तर्गत उनीहरूले प्ले कार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘जात सोधेर विभेद गर्ने तिम्रो चेतना कुन जमानामा छ ?’, ‘जात सोधेर कोठा दिने घरबेटीलाई घर बहाल लगाउन निषेध गर’ र ‘तिमी सभ्य बन्ने कहिले ?’ जस्ता सन्देश लेखिएका प्ले कार्डहरू प्रदर्शन गरेका थिए ।

अभियानले प्रधानमन्त्रीलाई समेत सम्बोधन गर्दै कर्णाली प्रदेश र त्यहाँका नागरिकप्रति गरिएका वाचा र अभिव्यक्तिहरू स्मरण गराएको छ ।

प्रदर्शनकारीहरूले सडकमै ब्यानर राखेर साङ्केतिक विरोध जनाएका थिए ।