भारतको पश्चिम बंगालमा भाजपालाई दुई तिहाई मत तमिलनाडुमा अभिनेता विजयको दल विजयी, केरलमा पनि ढल्यो कम्युनिष्ट सरकार

42 Shares

एजेन्सी । भारतकाे ५ वटा राज्यमा भएको विधानसभा चुनावमध्ये तमिलनाडु राज्यमा भारतीय जनता पार्टी (भाजपा) र उसकाे गठबनधन विजयी भएका छन् ।

केरलमा कांग्रेस आईको गठबन्धन विजयी भएको छ भने तमिल नाडुमा अभिनेता विजयको पार्टी सबै भन्दा ठूलो दल बनेको हाे । पश्चिम वंगालमा भाजपाले दुई तिहाई सिट जिततेको छ । २ सय ९३ सदस्यीय पश्चिम बंगालको विधानसभाका लागि भएको निर्वाचनमा भाजपाले २ सय ६ सिट प्राप्त गरेको हाे । मत परिणामसंगै ममता बेनर्जीको तृणमूल कांग्रेस १५ वर्षपछि सत्ताच्यूत भएको छ ।

कुनै समय वामपन्थीको गढ रहेको पश्चिम बंगालमा अहिले वामपन्थी दलहरु शून्यको अवस्थामा छन् । आसाममा पनि भाजपाले जीत दोहोर्‍याएको छ । आसामको १ सय २६ सिटमध्ये भाजपा गठबन्धनले ९२ सिट जितेको छ भने भारतीय कंग्रेस १८ सिटमा खुम्चिएको हाे । ३० सिट रहेको पुडुचेरीमा पनि भाजपा गठबन्धनले १८ सिट जितेको छ ।

उता, भारतका कम्युनिष्टहरुको अन्तिम किल्लाको रुपमा रहेको केरलमा पनि वामपन्थी सत्ता पतन भएको छ । केरलमा भारतीय कांग्रेस नेतृत्वको गठनबन्धनले बहुमत ल्याएको हाे । त्यहाँको १ सय ४० सिटमा कंग्रेस गठबनधन ९७ सिटमा विजयी भएको छ । अर्को दक्षिणी राज्य तमिलनाडुमा पनि वामपन्थी झुकावको सरकार ढलेको हाे ।

अभिनेता विजय थलपतिको दल टीभीके सबै भन्दा ठूलो दलको रुपमा उदाएको छ । २ सय ३४ सदस्य रहेको विधानसभामा टीभीकेले १० सय सिट जित्दा मूख्यमन्त्री एमके स्टालिनको दल डीएमके ७३ सिटमा खुम्चिएको हाे ।