डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना

11 Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सूचना प्रविधि सुशासन, सेवा प्रवाह र आर्थिक विकासका लागि अनिवार्य आधार बनेको उल्लेख गरेका छन् । सरकार डिजिटल नेपाल लक्ष्यअनुसार सेवा प्रणालीलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउँदै लैजाने दिशामा अघि बढिरहेको उनले बताए।

साथै, दीर्घकालीन सूचना प्रविधि रणनीति, डिजिटल पूर्वाधार विकास र नागरिक एप सुदृढीकरणमा जोड दिइएको उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले नेपाललाई एआई, डेटा अर्थतन्त्र र डिजिटल नवप्रवर्तनको क्षेत्रीय केन्द्र बनाउने लक्ष्यसहित नीति तथा संरचनागत सुधारलाई तीव्रता दिइएको पनि बताए।