काठमाडौं । रामचन्द्र पौडेलले शान्तिका दूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ।
२५७०औं बुद्ध जयन्तीको पावन अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।
उहाँले सन्देशमा नेपाल नेपाल शान्तिका प्रतीकका रूपमा सम्मानित महामानव बुद्धको जन्मभूमि हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभएको छ। साथै बुद्धका उपदेशको अनुसरणबाट समाजमा सहिष्णुता, सद्भाव र एकता अझ मजबुत बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा पर्ने बुद्ध जयन्तीका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (त्रिसंयोग) एकैदिन परेको मान्यता छ। यस अवसरमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गुम्बा, बिहार, मठ, स्तूपा र चैत्यहरूमा पूजा, प्रार्थना, ध्यान तथा प्रवचनजस्ता कार्यक्रम गरी श्रद्धा अर्पण गर्ने परम्परा रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया