काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।
आइतबार तोलामा दुई हजार सात सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार प्रतितोला चार हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे । तर साेमबार चाँदी तोलामा पाँच हजार ४५ रूपैयाँमा कारेाबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ५० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार सात सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया