प्रधानमन्त्री शाहले बाेलाए मन्त्रिपरिषदको बैठक

41 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले साेमबार मन्त्रिपरिषदको बैठक बोलाउनुभएकाे छ ।

साेही बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साेमबार दिउँसो २ बजे बस्ने भएकाे हाे ।

बैठकमा सरकारको एक महिनाको कार्य समीक्षा, विभिन्न मन्त्रालयका गतिविधि र सुकुम्बासी बस्ती हटाउने अभियान लगायतका विषयमा छलफल हुने बुझिएको छ ।