सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा कांग्रेसकाे जाेड

41 Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुम्बासी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ ।

प्रवक्ता देवराज चालिसेले यो समस्याको समाधान साझा अवधारणा भएको र यसलाई दीर्घकालीन रुपमा हल गरिनुपर्नेमा जोड दिनुभएको हो । जमिन र आवासको सुविधा हरेक नागरिकले पाउनुपर्ने अधिकारप्रति काँग्रेस दृढ रहेको उहाँले स्पष्ट पार्नुभयो । सुकुम्बासी को हो र को होइन भन्ने छुट्याउने काम सरकारको भएको र वास्तविक सुकुम्बासीलाई व्यवस्थित गर्नु सरकारको दायित्व भएको उहाँको भनाइ छ ।

तर यस्ता समस्या समाधान गर्दा सरकारले दमनको बाटो लिन नहुने उहाँले चेतावनी दिनुभएको छ । ‘ड्यु प्रोसेस अफ ल’ (कानूनको उचित प्रक्रिया) अनुसरण गर्नुपर्ने र अदालतको व्याख्यालाई पनि सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । ‘ह्युमन राइट्स’ र अन्य दृष्टिकोणले पनि विकल्पको साटो सिधै बल प्रयोग गर्नु उचित कदम नभएको प्रवक्ता चालिसेले उल्लेख गर्नुभएकाे छ ।