काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको महामन्त्री प्रदीप पौडेल ले जानकारी दिनुभयो। बैठकले संसदीय दलको नेता चयन प्रक्रिया टुंग्याउन सहमतिको प्रयास गर्ने जिम्मेवारी पार्टीका दुई उपसभापति र दुई महामन्त्रीलाई दिने निर्णय पनि गरेको छ।
बैठकमा दलको नेतृत्व चयनका लागि आन्तरिक सहमति खोज्ने तथा आवश्यक प्रक्रिया पूरा गर्ने विषयमा विशेष छलफल भएको बताइएको छ। नेतृत्व चयनलाई सहमतिमार्फत टुंग्याउने कांग्रेसको प्रयास रहने जनाइएको छ।
यसैबीच, नेपाली कांग्रेस ले सरकारले विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टीले उक्त निर्णय लोकतान्त्रिक अधिकारविपरीत भएको भन्दै विरोध गर्ने जनाएको छ।
कांग्रेसले राजनीतिक सहमति, आन्तरिक एकता र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया