29
Shares
काठमाडाैं । सरकारले आगामी ३ महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय सबैलाई पत्राचार गर्दै याे व्यवस्था गर्न निर्देशन दिएको हो । सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी १ सय कार्यसूचीको उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले यस्ताे निर्देशन दिएको छ ।
कर्मचारी वैदेशिक भ्रमणमा जाँदा एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख गरिएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया