50
Shares
काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा बैठककक्षमा फोटो भिडियो खिच्न नपाइने भएकाे छ ।
समितिले मंगलबार सभामुखलाई बुझाएको प्रतिवेदनमा नियमावलीको नियम २० अन्तर्गत बैठकमा पालना गर्नुपर्ने आचरणसम्बन्धी उपनियममा बैठक कक्षभित्र मोबाइल फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न नहुने तथा फोटो, अडियो र भिडियो रेकर्ड गर्न निषेध गरिएको उल्लेख छ।
यसअघि कार्यसञ्चालन नियमावलीमा यस्तो प्रावधान थिएन। नयाँ मस्यौदामार्फत संसदीय मर्यादा र गोपनीयता कायम गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया