रास्वपाको संघीय नेतृत्व मञ्चमा ८ नयाँ सदस्य थप

45 Shares

काठमाडौं:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ८ जना नयाँ सदस्य थप गरेको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसी प्रसाद चौधरी, बर्दियाका राम सिंह थारू, मोरङका जीवन धामी, गोर्खाका हरिशरण आचार्य र कैलालीका प्रेमा चौधरी लाई सदस्यमा थप गरेको हो।

त्यस्तै, कञ्चनपुरका नवराज राना, तनहुँका राजेन्द्र बहादुर अधिकारी र दाङका एकराज चौधरी लाई पनि संघीय नेतृत्व मञ्च सदस्यमा मनोनयन गरिएको छ।

पार्टीले विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी नेतृत्व मञ्चलाई थप विस्तार गरेको जनाएको छ।