प्रदेश संरचना खारेजमा राप्रपाको समर्थन, संविधान संशोधनका लागि सिट दिन तयार: ज्ञानबहादुर शाही

179 Shares

काठमाडौं:
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही ले प्रदेश संरचना खारेज गर्न सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रदेश संरचना हटाउन दुई तिहाइ मत आवश्यक परे राप्रपा त्यसका लागि तयार रहेको स्पष्ट पार्नुभयो।

उहाँले मुलुकमा हिन्दु राज्य स्थापना, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्था लागू गर्न तथा संविधान संशोधनका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी लाई आवश्यक परे समर्थन गर्ने धारणा व्यक्त गर्नुभयो।

नेता शाहीले आवश्यक मत नपुगेमा राप्रपाका ५ सिट सहयोग गर्न तयार रहेको बताउँदै संविधान संशोधनमार्फत आफ्नो एजेण्डा अघि बढाउन सकिने दाबी गर्नुभयो।

उहाँले सुशासनका लागि आफ्नो पार्टी निरन्तर लडिरहने प्रतिबद्धता जनाउँदै फरक मत राख्ने नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्न पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनुभयो।