14
Shares
काठमाडौँ । नेपाली काँग्रेसले सातै प्रदेशका शीर्ष नेतृत्वसँग छलफल सुरु गरेको छ ।
नेपाली काँग्रेसका सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा प्रदेश सभापतिहरू, पार्टीका मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी छन् ।
आइतबार १ बजेका लागि आह्वान गरिएको बैठक ढिलो गरी सुरु भएको हो । बैठकले आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सरकार–पार्टी समन्वयमा विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा काँग्रेसका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बाँनिया, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत सहभागी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया