41
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बाेहाेरालाई नियुक्त गरेकाे छ ।
आज आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेकाे हाे ।
यस विभागको प्रमुखको जिम्मेवारीमा सभामुख डिपी अर्याल रहनुभएको थियो।
पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित हुँदै गर्दा पार्टीको जिम्मेवारीबाट अलग हुँदा यो पद खाली रहेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया