सुनचाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख १ हजार पुगे

40 Shares

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार घटेको सुनको मूल्य आइतबार पुनः उकालो लागेको हो।

महासंघका अनुसार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार २ सय २५ रुपैयाँ पुगेको छ, जुन ९५ रुपैयाँको वृद्धि हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेकाले यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।