काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछाने ले भोलि आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा ६ वटा मुख्य एजेन्डा तय गरिएको छ। तीमध्ये जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभागहरूको मनोनयन रहेका छन्।
त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजनाहरूको आह्वान र विविध विषयहरू पनि एजेन्डामा समावेश छन्।
‘विविध’ अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, संसदीय दलका लागि प्राविधिक सहायता र लेबी सम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया