धरानमा ५९ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

51 Shares

धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्ग बाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

शनिबार बिहान भेँडेटार बाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले उक्त कार्यवाही गरेको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईका अनुसार गाडीको सिटमुनि फल्स बटम बनाएर लुकाइछिपाइ गाँजा ल्याउँदै गरेको अवस्थामा फेला परेको हो।

प्रहरीले गाडीसहित सुपौल जिल्ला का २२ वर्षीय चालक सुबिध कुमार, २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरान मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ