पराजयको समीक्षा छाडेर वाम एकताको चर्चा असान्दर्भिक: विष्णु पौडेल

48 Shares

काठमाडौँमा विष्णु पौडेल ले निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा नगरी वामपन्थी एकताको असान्दर्भिक बहस चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेकपा एमाले का उपाध्यक्ष पौडेलले पार्टीको पुनर्गठन नै अहिलेको प्रमुख प्राथमिकता भएको बताएका छन्।

उनले लेखेका छन् कि निर्वाचनमा भएको चिन्ताजनक हारको वस्तुनिष्ठ समीक्षा गर्नु र संगठन सुदृढीकरण गर्नु नै मुख्य कार्यसूची हो। यस यथार्थबाट ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको चर्चा किन र कसले अघि बढाइरहेको छ भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

२१ फागुनमा सम्पन्न निर्वाचनपछि एमालेभित्र निराशा बढेको र केही नेताहरूले वाम ध्रुवीकरणको बहस उठाइरहेका बेला पौडेलले अहिले एकताको बहसभन्दा पार्टी सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।