13
Shares
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६ मा कार र जेसीबी एकआपसमा ठोक्किँदा एकै परिवारका पाँचजना घाइते भएका छन्।
आज दिउँसो झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा१८च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, तीन वर्षीय छोरा आयान, नौ महिनाका वेदाक्ष र ५६ वर्षीया आमा कमला ज्ञवाली घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका एसपी युवराज खड्काका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा कार जेसीबीमा ठोक्किएको हो।
घाइते सबैलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया