कैलालीको चुरे गाउँपालिका–३ मा मरेको बोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन्। दुवै जना सहोदर दाजुभाइ हुन्। बिहीबार मरेको कुखुराको मासु खाएका उनीहरूको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल मा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार सोही मासु खाएका मृतककी आमा र ३ वर्षीय भाइको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उक्त कुखुराको मासु स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट खरिद गरिएको थियो। फार्म सञ्चालक मंगल साउद आफैं इलाका प्रहरी कार्यालय मालाखेती मा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया