काठमाडौं । गृह मन्त्रालय मा गृहमन्त्री सुधन गुरुङ र मधेस तथा लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदबीच सीमापार अपराध नियन्त्रण तथा तस्करी रोकथामका विषयमा छलफल भएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित छलफलका क्रममा सांसदहरूले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलमा सांसदहरूले विद्यमान भन्सार प्रणालीमा सुधार गर्न, भन्सार दर पुनरावलोकन गर्न, सीमामा कडा निगरानी तथा प्रभावकारी अनुगमन संयन्त्र विकास गर्न सुझाव दिएका थिए । साथै कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरल बनाउन र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य वस्तुको आयातमा निश्चित सीमा भित्र भन्सार छुट दिन मापदण्ड तय गर्नुपर्ने विषय पनि उठाइएको थियो ।
बैठकमा उठेका गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू सोही मन्त्रालयले कार्यान्वयन गर्ने तथा अर्थ मन्त्रालय सँग सम्बन्धित विषयमा थप छलफल र समन्वयमार्फत समाधान खोजिने सहमति गरिएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया