58
Shares
काठमाडौंमा मालपोत कार्यालय र कम्पनी रजिष्ट्रार कार्यालय आसपास सक्रिय १८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका बिचौलियाहरूले सेवाग्राहीलाई छिटोछरितो काम गराइदिने प्रलोभन देखाउँदै हैरानी दिने तथा अवैध रूपमा रकम असुल्ने गरेका थिए।
यस प्रकारका गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया