जनताको आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्छ : खुस्बु ओली

12 Shares

काठमाडाैं ।
प्रधानमन्त्री बालेन्द्र साहले संघीय संसदमा समानुपातिक सांसदहरुसँग सामूहिक भेट गर्नुभएको छ ।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फका सांसदहरुलाई मात्रै भेट दिएपछि आफ्नो आलोचना भइरहेका बेला बुधवार उहाँले समानुपातिकतर्फका सांसदहरुसँग पनि भेट गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री साहले मुलुकमा विद्यमान समस्या र त्यसका निकासका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा उहाँले आफूहरुसँग जिज्ञासा राख्नुभएको भेटमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले जानकारी दिनुभयो ।

भेटमा उहाँले जनताको आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, क्यान्सर रोग पीडितका लागि विशेष व्यवस्था गर्नुपर्नेलगायका विषयमा सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो । भेटमा सांसदहरुले आ-आफनो क्षेत्रका समस्या सरकारसँग राख्ने काम गर्नुभएको छ ।