शिशिर खनाल र माएदा तोरु बीच भेट, नेपाल–जापान सम्बन्धबारे छलफल

115 Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन्।

बुधबार दिउँसो परराष्ट्र मन्त्रालय मा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउने विषयमा समेत विशेष रूपमा विचार आदानप्रदान भएको बताइएको छ।

दुवै पक्षले दुई देशबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा पनि सहमति जनाएका छन्।