नेप्से ३३ अंकले उकालो, नयाँ वर्षको पहिलो दिन बजारमा उत्साह

43 Shares

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार उल्लेख्य रूपमा उकालो लागेको छ। नेप्से परिसूचक ३३.२७ अंकले बढ्दै २८६६ अंकमा पुगेको छ।

कारोबारका क्रममा दिउँसो १:०७ बजे सूचक २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही घटेर बन्द भएको हो। कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ८ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

आज २२१ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको घट्यो भने ३ कम्पनी स्थिर रहे। सबै समूहका सूचकहरू हरियाली देखिएका छन्, जसमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ।

अन्य समूहहरूमा बैंकिङ १.३० प्रतिशत, विकास बैंक १.५३ प्रतिशत, फाइनान्स १.२१ प्रतिशत, हाइड्रोपावर २.१४ प्रतिशत, लगानी ०.८९ प्रतिशत, जीवन बीमा ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत, माइक्रोफाइनान्स ०.६४ प्रतिशत, निर्जीवन बीमा ०.३९ प्रतिशत, अन्य ०.१० प्रतिशत र व्यापार समूह २.३३ प्रतिशतले बढेका छन्।

आज ७ कम्पनीको शेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ। उल्लेखनीय रूपमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंकका लगानीकर्ताले उच्च लाभ कमाएका छन्।

यस्तै सोलु हाइड्रोपावर (८.६३%), नारायणी डेभलपमेन्ट बैंक (५.५३%) र ओरियन्टल होटल (५.१४%) को मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।

दोस्रोतर्फ रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशतले घटेको छ भने उपकार लघुवित्त ४.४४ प्रतिशतले घटेको छ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर रहेका छन्।