काठमाडाैं । राष्ट्रिय सभा का सांसद नरबहादुर विष्ट ले सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन्।
सोमबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले दुई तिहाइको बलमा संविधान र कानूनमाथि आक्रमण गरिरहेको जिकिर पनि गरे।
सांसद विष्टका अनुसार संविधान, कानून र विधिको ज्ञान नभएका व्यक्तिहरू राज्य सञ्चालनमा हावी हुँदा मुलुक अप्ठ्यारो अवस्थामा पुग्ने खतरा बढेको छ। उनले वर्तमान अवस्थामा कानूनी राज्यको मर्मअनुसार शासन सञ्चालन हुन नसकेको संकेत गरे।
उनले भने, सरकार पक्षले विद्यार्थी संगठनदेखि पार्टीसम्म प्रतिबन्ध लगाउने प्रवृत्ति देखाउँदै गएको छ र दुई तिहाइको बहुमतलाई जबर्जस्ती निर्णय लागू गर्ने माध्यमका रूपमा प्रयोग गरिएको छ।
सांसद विष्टले मुलुकलाई विधि र कानूनको आधारमा अघि बढाउन राष्ट्रिय सभा ले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। साथै, सरकारले अनावश्यक रूपमा सेवा–सुविधा लिइरहेको भन्दै उनले आपत्ति समेत जनाए।
फेसबुकबाट तपाईको प्रतिक्रिया