काठमाडाैं: अधिकांश वाणिज्य बैंकले वैशाखमा ब्याजदर घटाए

158 Shares

काठमाडाैं । वैशाख महिनाका लागि नेपालका अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार ९ वटा बैंकले ब्याजदर घटाएका हुन् भने १० बैंकले दर स्थिर राखेका छन्।

ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंकराष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

यस्तै, प्राइम बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंकएनएमबि बैंक ले भने ब्याजदर स्थिर राखेका छन्।

यसैबीच, कृषि विकास बैंक ले भने बचतदेखि संस्थागत मुद्दती निक्षेपसम्म ०.०३ प्रतिशत बिन्दुले ब्याजदर बढाएको जनाएको छ।

समग्रमा, वैशाख महिनामा बैंकिङ क्षेत्रमा ब्याजदर घट्ने प्रवृत्ति देखिएको छ।