काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजक समितिको बैठकले उक्त निर्णय गलत भएकाले यसको विपक्षमा उभिने निष्कर्ष निकालेको नेकपा नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले विद्यार्थी संगठनहरूलाई क्याम्पसमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने विषयले विद्यार्थी र श्रमिकहरूको अधिकार कुण्ठित गर्ने ठहर गरेको छ।
नेता खतिवडाका अनुसार बैठकमा देशको समसामयिक अवस्था, सरकारका गतिविधि, पार्टीको आगामी कार्ययोजना तथा विभिन्न कमिटीहरूको समायोजनबारे निरन्तर छलफल भइरहेको छ। हालसम्म ४५ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन्।
बैठक वैशाख ३ गतेसम्मका लागि स्थगित गरिएको छ भने वैशाख ४ गतेभित्र बैठक सम्पन्न गर्ने तयारी गरिएको उनले बताए
फेसबुकबाट तपाईको प्रतिक्रिया