हर्क साम्पाङ ले उपसभामुख उम्मेदवारलाई भने— “असल काम गरेपछि मात्रै बधाई दिन्छु”

176 Shares

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नै पार्टीकी सांसद तथा उपसभामुख पदकी उम्मेदवार रुवीकुमारी ठाकुर लाई तत्काल बधाई नदिने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले असल काम गरेर देखाएपछि मात्रै बधाई दिने आफ्नो सिद्धान्त रहेको उल्लेख गरेका हुन्।

साम्पाङले लेखेका छन्, “बधाई दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाएपछि मात्रै म बधाई दिने गर्छु! कार्यकालभरि पार्टीकी रहनेछैनौ अब! तिमी पूरै देशकी बन्नेछौ! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ। All the best Rubi नानी!”

उनले उम्मेदवार ठाकुर अब सम्पूर्ण देशको प्रतिनिधित्व गर्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न र आफ्नो मूल पहिचान नबिर्सन सुझाव दिएका छन्।