काठमाडौं — संघीय संसद्को दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालय का अनुसार चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको छ। यो निर्णय चैत २४ गते बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा गरिएको हो।
राष्ट्रपति कार्यालयद्वारा जारी पत्रमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको उल्लेख गरिएको छ।
यसअघि, राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया