काठमाडौं — आज पनि शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। NEPSE परिसूचक ४९ अंकले बढ्दै २८ सय ५१ बिन्दुमा पुगेको छ।
बजारमा सबै समूहमा हरियाली छाएको छ भने करिब १० अर्ब रुपैयाँ हाराहारीको कारोबार भएको छ। विशेषगरी अन्य समूहमा सबैभन्दा बढी ३ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ। उत्पादन र जलविद्युत समूह पनि साढे दुई प्रतिशतभन्दा बढीले उकालो लागेका छन् भने अन्य समूहमा करिब १ प्रतिशतको वृद्धि भएको छ।
आज आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रो लगायत आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कुल २ सय ५१ कम्पनीको शेयर मूल्य बढ्दा १६ कम्पनीको घटेको छ।
यसदिन नेशनल हाइड्रो को सबैभन्दा उच्च ४३ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्ज का अनुसार आज २ करोड ७९ लाखभन्दा बढी कित्ता शेयर ९ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया