काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सम्पत्ति शुद्धीकरण विभाग ले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका लागि देउवा दम्पतीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो।
हाल हङकङ मा रहेका देउवा दम्पतीको बूढानीलकण्ठ स्थित निवासमा गत भदौ २४ गते आगजनी भएको थियो। सो घटनापछि घरको केही भाग जलेको अवस्थामा रकम भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भएका थिए। त्यसलगत्तै विभागले उक्त निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो।
जेनजी विद्रोहका क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको दाबीसमेत सार्वजनिक भएको थियो। यद्यपि, जलेको पैसासम्बन्धी भिडियोहरू एआईमार्फत बनाइएका र भ्रम फैलाइएको भन्दै देउवाले त्यसको खण्डन गरेका थिए।
गत फागुन २१ गते सम्पन्न निर्वाचनअघि नै देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै हङकङ गएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया