प्रधानमन्त्री शाहद्वारा आज राजदूतहरूसँग सामूहिक भेटवार्ता

107 Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले बुधबार काठमाडौँमा भारत, चीनसहित एक दर्जनभन्दा बढी देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह का अनुसार आज हुने उक्त भेटमा शिशिर खनाल समेत सहभागी हुनेछन्। प्रधानमन्त्री कार्यालयमा आयोजना हुने कार्यक्रममा भारत, चीन, अमेरिका, जापानबेलायत लगायतका देशका राजदूतहरुलाई आमन्त्रण गरिएको छ।

कार्यक्रममा सहभागी राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै, सुमनराज अर्याल, अमृतबहादुर राई, कुमार राईलोकबहादुर पौडेल क्षेत्री लगायत उच्च अधिकारीहरूको पनि उपस्थिति रहनेछ।

नयाँ सरकार गठनपछि मित्रराष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध सुदृढ गर्न तथा सरकारका प्राथमिकता, राष्ट्रिय आवश्यकता र द्विपक्षीय एवं बहुपक्षीय सहकार्यबारे जानकारी गराउने उद्देश्यले यस्तो भेटवार्ता गर्ने प्रचलन रहँदै आएको छ।