नेप्से सूचक सामान्य अंकले घट्यो, २७५७.४० विन्दुमा बन्द

30 Shares

काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ। सोमबार उच्च अंकले बढेको नेप्से सूचक आज २.६१ अंकले घटेर २७५७.४० विन्दुमा बन्द भएको हो।

बजार खुलेसँगै सूचक बढेर करिब २७९५ विन्दुसम्म पुगेको थियो। तर कारोबारको अन्त्यतिर नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा सूचक ओरालो लागेको देखिन्छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक बढ्दा ९ उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ। बैंकिङ, जलविद्युत र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ।

यता, व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ। कुल १७५ कम्पनीको शेयर मूल्य घट्दा ८२ कम्पनीको मूल्य बढेको छ। केही जलविद्युत तथा होटल कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

दिनभर ३४५ कम्पनीका १ करोड ७४ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएका छन्। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ।