सुनचाँदीको मूल्यमा वृद्धि: मंगलबार तोलामा ४०० रुपैयाँसम्म बढ्यो

15 Shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार तोलामा २ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ८ सय २० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढी हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।