काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएकाे छ। प्रधानमन्त्री शाहको सचिवालयले मन्त्रिपरिषद बैठक मंगलबार दिउँसो १ बजेका लागि तय भएको जनाएकाे हाे।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर लगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: जसाे मन्त्रिपरिषद बैठक सोमबार र शुक्रबार बस्छ। अन्य दिन बैठक आह्वान भएमा आकस्मिक मन्त्रिपरिषद बैठक भन्ने चलन रहेकाे हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया