नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त

177 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त हुनुभएको छ।

सिन्धुपाल्चोक–२ बाट निर्वाचित दुलाललाई नेकपाले उक्त जिम्मेवारी दिएको हो।

पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमा दुलालले प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै दल तथा संसदीय कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।