काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, सानो (लोकल) ३०, सानो (भारतीय) ३५ र तराईको ४० रुपैयाँ कायम भएको छ। आलु रातो २० रुपैयाँ, आलु (भारतीय) २२ रुपैयाँ र प्याज (भारतीय) ३६ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ काउली ५० देखि ८० रुपैयाँ, बन्दा २५–३० रुपैयाँ, गाजर २५–३५ रुपैयाँ, सेतो मूला २०–३० रुपैयाँ र भान्टा ६०–७० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। सिमीजन्य तरकारीमा घिउ सिमी ८०–१०० रुपैयाँ, बोडी ८० रुपैयाँ, मटरकोसा ७० रुपैयाँ र टाटे सिमी ७५ रुपैयाँ रहेको छ भने तिते करेला १५० रुपैयाँ प्रतिकिलो पुगेको छ।
हरियो तरकारीतर्फ पालुङ्गो, मेथी र चमसुर ११० रुपैयाँ प्रतिकिलो, रायोसाग ६० रुपैयाँ, हरियो प्याज १३० रुपैयाँ र च्याउ १३० देखि १,००० रुपैयाँसम्म निर्धारण गरिएको छ। विशेषगरी सिताके च्याउ सबैभन्दा महँगो देखिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) २२० रुपैयाँ, कागती २३० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर २२०–३५० रुपैयाँ र तरबुजा ५० रुपैयाँ प्रतिकिलो कायम भएको छ। किबी र एभोकाडो ४०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसला तथा अन्य वस्तुमा अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ रहेको छ भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो ८०० रुपैयाँ पुगेको छ। लसुन (चाइनिज) २४० रुपैयाँ र (नेपाली) १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यसैगरी, माछातर्फ ताजा रहु ३५० रुपैयाँ, बचुवा २८० रुपैयाँ र छडी २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
समितिले बजारमा आपूर्ति र मागअनुसार मूल्यमा उतारचढाव हुन सक्ने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया