काठमाडौं । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश भएका छन् ।
प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी गरिएको छ । बालेन यसअघि नै प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । रक्षा तथा उद्योग मन्त्रालय पनि उनकै जिम्मेवारीमा रहनेछ ।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले लाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । सोविता गौतम कानुनमन्त्री तथा शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।
यसैगरी सुधन गुरुङ गृह मन्त्रालयको जिम्मेवारीमा रहँदा विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री बनेका छन् । सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल लाई दिइएको छ भने विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् । दीपक साह ले श्रम मन्त्रालय सम्हाल्नेछन् ।
त्यसैगरी सस्मित पोखरेल शिक्षा मन्त्री नियुक्त हुँदा गणेश पौडेल पर्यटनमन्त्री बनेका छन् । सीता वादी महिला, बालबालिका मन्त्रालय तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया