सुन तोलामा २,९०० रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

67 Shares

काठमाडौं: बिहीबार सुनको भाउ प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। समग्रमा हेर्दा पछिल्लो एक सातामा सुनको भाउ १६ हजार ७०० रुपैयाँले घटेको छ।

गत बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँले घटेको हो।

हिजो प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा झरेको छ। गत बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।