लगातार वृद्धि पछि नेप्सेमा गिरावट, २४.४५ अंकले घट्यो बजार

47 Shares

काठमाडौंमा लगातार पाँच कारोबार दिन बढेको सेयर बजार बुधबार भने घटेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.४५ अंकले घट्दै २९३५ अंकमा कायम भएको हो।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन १४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा आज १५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। कुल ४५ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहेको छ।

समूहगत रूपमा व्यापार समूह सबैभन्दा धेरै ३.४५ प्रतिशतले बढेको छ। यस समूहअन्तर्गत पर्ने विशाल बजार कम्पनी को शेयर मूल्य ३.७७ प्रतिशतले बढेपछि व्यापार समूह अग्रस्थानमा रहेको हो। उत्पादन तथा प्रशोधन समूह पनि ०.४८ प्रतिशतले बढेको छ।

अन्य सबै समूहका सूचक घटेका छन्। बैंकिङ १.४०, विकास बैंक २.३२, फाइनान्स २.०९, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.५३, जीवन बीमा १.३९, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा १.१५ तथा अन्य समूह १.७० प्रतिशतले घटेका छन्।

आज ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावरहोटल फरेस्ट इन रहेका छन्।

त्यस्तै पन्चकन्या माइ हाइड्रोपावर को शेयर मूल्य ९.७ प्रतिशतले बढेको छ।

घट्ने कम्पनीतर्फ अभियान लघुवित्त को मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ। साथै सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंकसिन्धु विकास बैंक का शेयर मूल्य पनि उल्लेख्य घटेका छन्।

कारोबार रकमका आधारमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावरएसवाई प्यानल अग्रस्थानमा रहेका छन्।