काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह को शपथग्रहण चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने तय भएको छ।
उक्त समयमा उनले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ। बालेन निकट स्रोतका अनुसार सो समय राष्ट्रपति कार्यालय लाई प्रस्ताव गरिएको र स्वीकृत भइसकेको छ।
शपथग्रहणपछि उनी दिउँसो २:१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमलाई विशेष बनाउन धार्मिक तथा सांस्कृतिक विधिहरू पनि समावेश गरिनेछन्। जसअनुसार ७ वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकले स्वस्तिवाचन गर्ने तथा १६ जना भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रम तय गरिएको छ।
शपथग्रहण समारोहलाई भव्य र परम्परागत शैलीमा सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया