काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा संसद्लाई निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने बताए ।
“मेरो सीमित समयभित्र निष्पक्ष र पारदर्शी रूपमा सभामुखको भूमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ र संसद्भित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्छ,” केसीले भने ।
नयाँ सभामुखको निर्वाचन नभएसम्म केसीले प्रतिनिधि सभाको बैठक सञ्चालनसँगै अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया