राष्ट्रिय जनमोर्चाको आरोप: रास्वपा अमेरिकाद्वारा सञ्चालित भएको दाबी

141 Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्ट ले रास्वपालाई अमेरिकाले चीनविरोधी शक्तिको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको दाबी गर्नुभयो। उहाँका अनुसार रास्वपाको परराष्ट्र नीति स्पष्ट नभएकाले यस्तो जोखिम देखिएको हो।

भट्टले आफ्नो पार्टीले यस विषयमा खबरदारी गरिरहेको बताउँदै राष्ट्रिय हितमा कुनै पनि शक्ति प्रयोग हुन नदिनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “तपाईंहरू वास्तवमै अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ। परराष्ट्र नीतिमा स्पष्टता छैन। चीनविरोधी शक्तिका रूपमा प्रयोग हुन सक्छ भन्ने हाम्रो चिन्ता हो।”

त्यसैगरी, उहाँले रास्वपाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको समेत उल्लेख गर्नुभयो। साथै, कांग्रेस र एमालेको जनाधार अझै बलियो रहेकाले ती शक्तिहरूलाई सन्तुलनमा ल्याउन दाहाल नेतृत्वसँग सहकार्य आवश्यक हुन सक्ने उहाँको भनाइ थियो।