काठमाडौं । नेपाली कांग्रेस ले आफ्नो १५औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्रस्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सभापति गगनकुमार थापा का अनुसार प्रस्तावित तालिकाअनुसार साउन ६ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ अधिवेशन हुनेछ। त्यसपछि साउन १२ गते गाउँ तथा नगरपालिका अधिवेशन सम्पन्न गरिनेछ।
त्यसैगरी साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने योजना छ। जिल्ला अधिवेशन भदौ ६ र ७ गते तथा प्रदेश अधिवेशन भदौ १५ र १६ गते सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।
यो कार्यतालिका पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा जाने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया