देउवा पक्षले महाधिवेशन अघि बढाउन अदालतको फैसला आवश्यक ठानेको छ

122 Shares

काठमाडौं । नेपाली काँग्रेसका शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधिन पार्टीको आधिकारितासम्बन्धि मुद्दाको फैसला नभएसम्म नियमित महाधिवेशन गर्न नहुने बताएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको दिनै मंगलबार, देउवा पक्षका नेता श्यामकुमार घिमिरे ले आफ्नो प्रतिक्रिया दिनुभएको हो। उनले अदालतको फैसला नआएसम्म उनीहरू नियमित महाधिवेशनमा सहभागी नहुने स्पष्ट पार्नुभयो।

घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाए पनि त्यसको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो। काँग्रेसका दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने विकल्प नभएको पनि उहाँको भनाइ थियो।

उहाँले सर्वोच्च अदालतमा छिटो फैसला गर्न दवाव दिनुभयो। घिमिरेले भन्नुभयो, “मेरो सर्वोच्च अदालतसँग एउटा ठूलो आग्रह छ–छिटो फैसला दिनुस्। यो तपाईहरुको संवैधानिक दायित्व हो। अन्यौलमा नराख्नुस्। फैसला आएपछि जसको आधिकारिता प्रमाणित हुन्छ, त्यसको नेतृत्वमा हामीले नियमित महाधिवेशन गर्नुपर्छ।”

साथै, उनले सर्वोच्च अदालतले जनतामाथि विश्वास आर्जन गर्न यो मुद्दाको निष्पक्ष र तत्काल फैसला गर्नु आवश्यक रहेको र देउवालाई बेवास्ता गर्दा निर्वाचनमा काँग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको आरोप पनि लगाउनुभयो।