नेपालमा सोमबार दिनभरि उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको थियो ।
छिमेकी मुलुक भारतको सेयर बजार ठूलो गिरावट सहित बन्द भएको थियो । तर, साँझतिर भारतको सेयर बजारसँग सम्बन्धित एक फ्युचर्स ‘गिफ्ट निफ्टी’ (भविष्यको कारोबार) सूचकांकले अवस्था नै बदलिदियो ।
यसमा करिब ९०० अंक (४ प्रतिशत) को उल्लेखनीय वृद्धि देखिएको थियो । गिफ्ट निफ्टीमा मंगलबार बिहान पनि करिब २ प्रतिशत वृद्धि देखिएकाले यसलाई सकारात्मक संकेतका रूपमा लिइएको छ ।
कच्चा तेलको मूल्यमा पनि गिरावट
ट्रम्पले इरानसँग ‘सकारात्मक वार्ता’ र आगामी ५ दिनसम्म आक्रमण स्थगित गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ ।
१ सय १४ डलर प्रतिब्यारेल नाघेको ब्रेन्ट क्रुड (कच्चा तेलको एक प्रकार) को मूल्य ११–१३ प्रतिशतले घटेर १ सय डलरभन्दा तल झरेको थियो । यद्यपि पछि मूल्य केही बढेको थियो ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्नुलाई सकारात्मक संकेत मान्न सकिन्छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया