140
Shares
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन मातहतका समितिहरूलाई सर्कुलर जारी गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादव ले वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति तथा प्रदेश समितिहरूलाई आ–आफ्नो तहमा निर्वाचनसम्बन्धी समीक्षा बैठक गरी लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका हुन्।
पार्टी नेता पूर्ण बस्नेत का अनुसार पार्टी समिति र उम्मेदवारहरूले समेत छुट्टै चुनावी समीक्षा प्रतिवेदन वा रिपोर्ट पठाउन सक्ने व्यवस्था गरिएको छ।
निर्देशनअनुसार सबै समीक्षा प्रतिवेदन चैत २० गतेभित्र जसपा नेपाल केन्द्रीय कार्यालय मा अनिवार्य रूपमा बुझाउनुपर्ने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया