केपी शर्मा ओलीले फागुन २१ जीवनका “दुई संयोग” भएको दिन भने

199 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले फागुन २१ आफ्ना लागि जीवनका दुई विशेष संयोग भएको दिन भएको बताएका छन्। बिहीबार उनले फेसबुकमार्फत आफ्नो अनुभव बाँड्दै यो दिन कहिल्यै बिर्सन नसक्ने बताए।

‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो,’ ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो, र आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।’

उहाँले भने, ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’

सोही क्रममा ओलीले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान दिएका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

अन्त्यमा उहाँले लेखेका छन्, ‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो।’