काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा उकालाे यात्रा कायमै रहेको छ।
आइतबार प्रतितोला ५ हजार ६ सय रूपैयाँ र सोमबार थप ३ हजार २ सय रूपैयाँ बढ्दै दुई दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रूपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रूपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ५ हजार ४ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार ५ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ७० रूपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ५ हजार १ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया